Media Network

कक्षा १२ को प्रश्नपत्र ईमेलबाटै, राज्यको लाखौँ रुपैयाँ बचत


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०७९,बुधबार

काठमाडौं । कक्षा १२ को प्रश्नपत्र अनलाईनबाट पठाउने प्रचलनले राज्यको लाखौँ रुपैयाँ बचत भएको छ । सोमबारदेखि देशभर एकैसाथ यस वर्षको कक्षा १२ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका परीक्षा केन्द्रमा ईमेलबाट प्रश्नपत्र पठाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले प्रश्नपत्र छपाइ नहुँदा छपाइमा लाग्ने कम्तीमा एक करोड रुपैयाँ बचत भएको बताए । उनले भने, “परीक्षा सुरु हुनु आधा घण्टाअघि प्रश्नपत्र पठाउने गरिएको छ । परीक्षा केन्द्रले त्यसलाई तत्काल प्रिन्ट गरी परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था मिलाइएको छ ।’

प्रश्नपत्र छपाइमा करिब दुई करोड रुपैयाँ खर्च हुँदै आएको थियो । त्यस्तै प्रश्नपत्र छपाइका बेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४५ जना सुरक्षाकर्मी, बोर्डका सम्बन्धित पदाधिकारी करिब एक महिनासम्म जनक शिक्षा सामग्री केन्द्रमा बस्दा भत्ताबापत करिब २० लाख रुपैयाँ खर्च हुन्थ्यो ।

त्यसबाहेक सबै जिल्लामा प्रश्नपत्र ढुवानी गर्दा र परीक्षा सञ्चालन हुनुअघि सुरक्षाका लागि प्रहरी चौकीमा प्रश्नपत्र राख्दा सुरक्षाकर्मीलाई उपलब्ध गराउनुपर्ने भत्तासहित लाखौं रुपैयाँ खर्च हुने गरेको थियो ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद