माघ मसान्तसम्म विद्यालय बन्द राख्न सिसिएमसीको सिफारिस


खबरस्टोरी संवाददाता
१४ माघ २०७८, शुक्रबार
माघ मसान्तसम्म विद्यालय बन्द राख्न सिसिएमसीको सिफारिस

काठमाडौं –  कोभिड संकट व्यवस्थापन केन्द (सिसिएमसी) ले माघ मसान्तसम्म विद्यालय बन्द राख्न सिफारिस गरेको छ।सिसिएमसीको शुक्रबार बसेको बैठकले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ मसान्तसम्म कायम राख्न सिफारिस गरेको हो।

बैठकले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठनपाठनमा रोक लगाउने निर्णय यथावत राख्न मन्त्रिपरिषदसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि सिसिएमसीको सिफारिसअनुसार सरकारले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो।