त्यस्तै रसुवाको उत्तरगया गाउँपालिका मनिगाउँ स्थित भुवनेश्वरी आधारभूत बिद्यालयका ५२ जना विद्यार्थीहरुले आइतबार र सोमबार प्रति विद्यार्थी एक दर्जन कापी, पेन्सिल र झोला शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा बिद्यार्थीहरुको मनोबल बढ्नुको साथै ग्राहक, समाज र संस्थाबिच आत्मीय सम्बन्धमा बढावा हुने“ संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले बताए । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा बिभिन्न सामाजिक चेतनासम्बन्धी क्षेत्रमा सहयोग पुर्याउँदै आएको फाइनान्सले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रहरु गर्दै जाने बताए ।
मेरो माइक्रो फाइनान्स नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिब २ लाख भन्दा बढी गरिव तथा विपन्न घरपरिवारहरुलाई सामाजिक तथा आर्थिक कृयाकलापमा सहयोग पुग्ने उद्देश्यका साथ बिभिन्न लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।