विश्वविद्यालयका सूचना प्रविधिविज्ञ उपप्राध्यापक पञ्चदेव भट्टका अनुसार दीक्षान्त समारोहको अध्यक्षता कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख आतिथ्यता नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले गर्नेछन् । भारतीय नागरिक सत्यार्थी बालश्रमविरुद्धको विश्वव्यापी अभियानका अध्यक्ष हुन् । विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ असारमा भएको थियो ।