काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक विद्यालय (निमावि) तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि आवेदन खुला गरेको छ ।
अनलाइनबाटै आवेदन दिन सकिने गरी आयोगले विज्ञापन खुलाएको हो । आजदेखि असार ७ गतेसम्म अनलाइन प्रणालीबाटै दरखास्त दिन सकिने आयोगले जनाएको छ ।