Media Network

नेपाल बार एशोसिएशनमा नयाँ नेतृत्वका लागि मतदान जारी


खबरस्टोरी संवाददाता

१९ चैत्र २०७८,शनिबार

काठमाडौ । नेपाल बार एशोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिका लागि नयाँ नेतृत्व चयनका लागि बिहान आठ बजेदेखि मतदान सुरु भएको छ । उपत्यकाको काठमाडौं केन्द्रलगायत देशभरका ३५ वटा विभिन्न स्थानमा एकैपटक मतदान सुरु भएको छ।

निर्वाचनबाट अध्यक्षसहित ११ जना पदाधिकारी र बाँकी सदस्य गरी २५ सदस्यीय कार्यसमिति चयन हुनेछ । सो निर्वाचनमा ९ हजार ७०८ जना अधिवक्ता मतदाता छन् ।

नयाँ कार्यसमिति चयन गर्न प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबीच प्रतिस्पर्धा भइरहेको छ । उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् ।

मतदान साझँ ४ बजे सकिने छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद