काठमाडौँ । विश्वविद्यालयमा रहेका तीनवटा प्रध्यापक संगठनहरूले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको राजीनामा माग गरेका छन् ।
मंगलबार एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालका अध्यक्ष प्रा.डा. गोबिन्द केसी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सह संयोजक प्रा.डा. रमेश भट्टराई र प्रजातन्त्रवादी प्राध्यापक संगठनका अध्यक्ष सह प्रा. जगत तिमिल्सिनाले संयुक्त रुपमा एक वक्तव्य जारी गर्दै पदाधीकारीको राजीनामा माग गरेका हुन्।
उनीहरूले वर्तमान त्रिवि पदाधिकारीहरूले राजनीतिक पुर्वाग्रहको रुपमा कार्य गर्ने, विश्वविद्यालयलाई कुनै एक राजनीतिक मान्यताका आधारमा चलेर सरोकारवालाहरूको मत र विचारलाई उपेक्षा गर्ने, निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त हुने, आफूखसी नियम कानुन बनाउने लगाएतका आरोप लगाएका छन् ।
‘विश्वविद्यालय इतिहासकै अति जटिल मोडमा छ र राजनीतिकरणलाई अझ तिब्र पारी सीमित राजनीतिक विचारधारा र आमुक पार्टी बाहेक अरूको काम नहुने संस्थाको रुपमा त्रिवी पुगेको छ’ भन्ने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।