प्याब्सन महाधिवेशन आजबाट शुरुः अध्यक्षमा डीके ढुंगाना निर्विरोध


खबरस्टोरी संवाददाता
९ चैत्र २०७८, बुधबार
प्याब्सन महाधिवेशन आजबाट शुरुः अध्यक्षमा डीके ढुंगाना निर्विरोध
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित बिद्यालयहरुको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) अध्यक्षमा डीके ढुंगाना निर्विरोध निर्वाचित भएका छन् । 

प्याब्सनको आगामी तीन वर्षे कार्यकालका लागि ढुंगाना अध्यक्ष निर्विरोध भएका हुन् । प्याब्सनको १५ औँ राष्ट्रिय महाधिवेशन बुधबारबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशनबाट अन्य पदाधिकारी चयन हुनेछन् । 

महाधिवेशनले २७ पदाधिकारीसहित ६६ जनाको केन्द्रीय कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा २ हजार ३ सय प्रतिनिधिले सहभागिता जनाउने प्यासनले जनाएको छ ।