काठमाण्डाैँ । राम सीता विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधामका सबै विद्यालयहरु बन्द भएका छन् ।
जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले एक सूचना जारी गरेका छन् ।
आइतबार जारी गरिएको सूचानामा विवाहपञ्चमीको मेलाका कारण हुने भीडभाडलाई दृष्टिगत गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरुलाई मङ्सिर २१ देखि २३ गतेसम्म बन्द गर्ने निर्णय भएको जनाइएको छ ।
विवाह पञ्चमी अन्तर्गत आज मटकोर हुँदैछ भने भोलि त्रेतायुगमा जस्तै सीता–रामको सांकेतिक विवाह हुनेछ ।
विवाह पञ्चमी महोत्सवको अवसरमा नेपाल र भारतका कयौँ भक्तजनहरु सहभागी हुने गर्छन् ।
प्रदेश-२ सरकारले विवाह पञ्चमीको दिन भोलि सार्वजनिक बिदा समेत दिएको छ ।