सडकमै पढे त्रिचन्द्रका विद्यार्थी, देउवा आफैं पढेको कलेज बचाउन माग (तस्वीरहरू)


खबरस्टोरी संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार
सडकमै पढे त्रिचन्द्रका विद्यार्थी, देउवा आफैं पढेको कलेज बचाउन माग  (तस्वीरहरू)

 काठमाडौँ । नेविसंघले काठमाडौंको त्रिचन्द्र कलेजको भवन पुनः निर्माण गर्नुपर्ने माग राखेका छन्। उक्त माग राख्दै मंगलबार क्याम्पसबाहिर विद्यार्थीले प्रदर्शन सहित सडकमै पुस्तक पढेर सरकारको ध्यानाकर्षण गराएका छन् । 

पुराना भवनहरू जीर्ण भएको र पठनपाठनका लागि कक्षा कोठा पनि कम भएका कारण आफूहरूले असुविधा झेल्नु परेको बताउँदै विद्यार्थीहरूले कलेज अगाडिको सडकमै पुस्तक पढेर ध्यानाकर्षण गराएका हुन्। विद्यार्थीहरूले  इतिहास ढल्दै छ, सरकार मौन छ, शिक्षा मन्त्रालय हराएको सूचना, सेभ त्रिचन्द्र, प्रधानमन्त्रीज्यू, तपाईं पढेको कलेज कहिले बन्ने ? लगायतका प्रदर्शन गरेका थिए।