सम्पूर्ण स्थानिय तहमा प्राविधिक शिक्षा पुर्‍याउने गरी काम भइरहेको छः शिक्षामन्त्री पौडेल


खबरस्टोरी संवाददाता
१ चैत्र २०७८, मंगलवार
सम्पूर्ण स्थानिय तहमा प्राविधिक शिक्षा पुर्‍याउने गरी काम भइरहेको छः शिक्षामन्त्री पौडेल
काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र कुमार पौडेलले नेपाल सरकारले सबै स्थानिय तहमा प्राविधिक शिक्षा पुर्‍याउने गरी काम गरिरहेको बताएका छन् । 

मंगलबार त्रिभुवन विश्वविद्यालमा पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले सो कुरा बताएका हुन् । उनले सिकाइ प्रक्रिया, पठनपाठन, उच्च शिक्षा, त्रिविका भौतिक निमार्ण र कोर्षलाई परिमार्जन गरेर सेन्टर अफ एक्सिलेन्सीको रुपमा अगाडी बढाउनको लागि शिक्षा मन्त्रालयमा छलफल भइरहेको जानकारी गराए । 

देशका सबै स्थानिय तहहरूमा प्राविधिक शिक्षाको पँहुच पुर्‍याएर दक्ष जनशक्ति तयार गर्ने र सोही दक्ष जनशत्तिलाई उत्पादन कार्यसंग जोडेर राजगार सिर्जना गर्ने र शिक्षालाई सीप संग र सीपलाई रोजगार संग जोड्ने गरी प्रकृया अगाडी बढाएको उनको भनाई छ । 

मन्त्री पौडेलले आगामी दिनमा नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयलाई उच्च शिक्षा हासिल गर्ने केन्द्रको रुपमा विकास गर्ने दाबी गरे । उक्त कार्यक्रममा पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्याहरु समाधान गर्न प्रध्यापक र सबै विद्यार्थी संगठनहरूलाई अनुरोध समेत गरेका थिए  ।