Media Network

स्थायी शिक्षकका लागि आजबाट परीक्षा सञ्चालन


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७८,मंगलवार

काठमाडौं । शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ स्थायी शिक्षकको परीक्षा आज मंगलबारबाट लिँदैछ । आयोगले मावि, निमावि, प्रावि र खुलातहको परीक्षा लिँदैछ । मावि तहको परीक्षा आजबाट शुरु हुँदैछ । 

मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरिएको छ । शिक्षक सेवा आयोगकाअनुसार चैत १७ मा निमावि, १९ प्रावि र २१ मा खुला तहको परीक्षा हुनेछ । 

करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ सय ५६ जनाले आवेदन भरेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए ।  आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो ।

करिब पाँच वर्षपछि सञ्चालन गर्न लागेको खुला परीक्षामा सबै प्रकारका सुरक्षा रणनीति अपनाइएको छ । आयोगका अनुसार निम्न माध्यमिक तहमा एक हजार ९ सय १३ र प्राथमिक तहमा ९ हजार ६ सय १ रिक्त दरबन्दीमा शिक्षक छनोटका लागि परीक्षा लिँदैछ । 

विज्ञापन गरेका नयाँ शिक्षकको परीक्षा प्रक्रियादेखि परीक्षाफल प्रकाशित भएर नियुक्ति हुन करिब एक वर्ष लाग्ने अनुमान आयोगले गरेको छ ।

आयोगको परीक्षामा सय पूर्णाङ्कको सामान्य परीक्षा हुनेछ । विषयगततर्फको सय पूर्णाङ्कको परीक्षा दिनुपर्छ । सो परीक्षामा ४० प्रतिशत अंक ल्याउने परीक्षार्थी उत्तीर्ण हुन्छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद