शिक्षा मन्त्री पौडेलद्धारा जनक शिक्षा सामग्री केन्द्रको ‘आकस्मीक’ अनुगमन


खबरस्टोरी संवाददाता
१५ जेष्ठ २०७९, आईतवार
शिक्षा मन्त्री पौडेलद्धारा जनक शिक्षा सामग्री केन्द्रको ‘आकस्मीक’ अनुगमन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र कुमार पौडेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मीक अनुगमन गरेका छन् । 

सयमा नै पाठ्यपुस्तक उपलब्धन नभएको गुनासो आएपछि मन्त्री पौडेलले आइतबार भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गरेका हुन् । 

अनुगमन पश्चात् पौडेलले भने “अनुगमन पश्चात् दुई हप्ता पाठ्यपुस्तक छपाईमा दुइ हप्ता ढिलो भएको जानकारी पाएको छु । जनक शिक्षा सामग्रीले १० दिन भित्र पुस्तक छापिसक्ने जानकरी दिएको छ । २० लाख पुस्तक पुग्न बाँकी रहेकोले त्यसको छिट्टै ढुवानी हुने र बाँकी पुस्तकहरु छाप्ने काम तीब्र भैरहेको जानकारी पाएको छु” ।

यस अघि जनक शिक्षा सामाग्री केन्द्रले समयमा नै पाठ्यपुस्तक उपलब्ध गराउछु भने पनि भने जस्तो काम नगरेको भन्दै शिक्षा मन्त्री पौडेलले अनुगमन गरेका हुन् । विद्यार्थीहरुको हातहातमा पुस्तक उपलब्ध नहुनजेल निरन्तर अनुगमन गर्ने मन्त्री पौडेलले बताएका छन् ।