तालाबन्दी समस्याको समाधान होइन : त्रिविका प्रध्यापक


खबरस्टोरी संवाददाता
५ फाल्गुन २०७८, बिहीबार
तालाबन्दी समस्याको समाधान होइन : त्रिविका प्रध्यापक

काठमाडौँ।  त्रिभुवन विश्व विद्यालयका प्रध्यापकहरूले नेविसंघले गरेको तालाबन्दी विरूद्ध विरोध प्रदर्शन गरेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको २ सय दिन बितिसक्दा पनि ताला नखोलिएको भन्दै  रजिष्टारको कार्यालय अगाडी प्रध्यापकहरूले शान्पिूर्ण प्रदर्शन गरेका हुन् । 

विश्वविद्यालयका समस्याहरूको समाधान वार्ता र छलफलबाट गरौँ, अब त अति भयो, विश्वविद्यालयमा तालाबन्दी कहिले सम्म ? तालाबन्दी समाधान होइन, झन समस्या हो, विश्वविद्यालय सुधारका लागि सबै एकजुट होऔँ लगाएतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका थिए ।  प्रत्येक विद्यार्थी संगठनहरूले आ–आफ्नो स्वार्थका लागि ताला लगाउदै जानेहो भने विश्वविद्यायका समस्याको समाधान कहिल्यै नहुने बताए ।

 नेपाली काङ्ग्रेस निकट विद्यार्थि सङ्गठन नेविसंघले शैक्षिक क्षेत्रका सुधारको माग गर्दै  त्रिवीमा ताला बन्दी गर्दै आएको छ ।  प्रध्यापकहरूले विश्वविद्यालयमा तालाबन्दी गर्ने कार्य नगरी विश्वविद्यालयलाई प्राज्ञीक थलो बनाउन भनेका छन् ।