Media Network

त्रिवि उपकुलपति कार्यालय तोडफोड


खबरस्टोरी संवाददाता

२८ असार २०७९,मंगलवार

काठमाडौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय तोडफोड भएको छ।

सोमबार दिउँसो केही समूह त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा जबर्जस्ती प्रवेश गरी तोडफोड गरेको त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। 

विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा ती समूहका मानिसहरूले कार्यकक्षमा जबर्जस्ती प्रवेश गरी कुर्सी, टेबल, ढोका इत्यादि तोडफोड गरेको जनाइएको छ। यस्तै,उनीहरूले नेमप्लेट फ्याँक्ने, रजिष्ट्रारको कार्यालयका झ्याल तोडफोड गर्ने, कार्यालय एवं महाशाखामा कार्यरत कर्मचारीहरूलाई आतंकित गरेको बताइएको छ। 

विश्वविद्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थानको कामकारबाहीलाई ठप्प हुनेगरी राजिष्ट्रारको कार्यालयको मूलद्वारमा नै तालाबन्दी हुनेगरी गरिएको कार्यप्रति दुःख प्रकट गरेको छ। 




Share:
Reaction :
ताजा समाचार
खेलकुद