आफैँ प्रहरी समक्ष उपस्थित हुने पल शाहको घोषणा


खबरस्टोरी संवाददाता
१५ फाल्गुन २०७८, आईतवार
आफैँ प्रहरी समक्ष उपस्थित हुने पल शाहको घोषणा

काठमाडौँ।  नायक पल शाहले आफैँ प्रहरी समक्ष उपस्थित हुने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आइतबार आफू प्रहरी समक्ष जाने जानकारी दिएका हुन् ।

“मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रिएको र घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म म यस्तो गित गाउछु–२ गत शुक्रबारदेखी नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु,”  “नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरि सामु म आफैं उपस्थित हुने जानकारी दिन चाहन्छु ।”  उनले लेखेका छन्। 

गायिका समीक्षा अधिकारीले प्रहरी समक्ष पलविरुद्ध उजुरी दिएपछि जिल्ला अदालत तनहुँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनी केही दिनयता प्रहरीको फरार सूचिमा थिए ।

हाल नायक शाहको अभिनय रहेको चलचित्र म यस्तो गीत गाउँछु–२ अहिले देशभर प्रदर्शन भइरहेको छ।