Media Network

आफैँ प्रहरी समक्ष उपस्थित हुने पल शाहको घोषणा


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडौँ।  नायक पल शाहले आफैँ प्रहरी समक्ष उपस्थित हुने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आइतबार आफू प्रहरी समक्ष जाने जानकारी दिएका हुन् ।

“मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रिएको र घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म म यस्तो गित गाउछु–२ गत शुक्रबारदेखी नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु,”  “नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरि सामु म आफैं उपस्थित हुने जानकारी दिन चाहन्छु ।”  उनले लेखेका छन्। 

गायिका समीक्षा अधिकारीले प्रहरी समक्ष पलविरुद्ध उजुरी दिएपछि जिल्ला अदालत तनहुँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनी केही दिनयता प्रहरीको फरार सूचिमा थिए ।

हाल नायक शाहको अभिनय रहेको चलचित्र म यस्तो गीत गाउँछु–२ अहिले देशभर प्रदर्शन भइरहेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद