Media Network

आगामी माघ १९ मा पल र पुजाको ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुँदै


खबरस्टोरी संवाददाता

२६ कार्तिक २०७८,शुक्रबार

काठमाडौँ। अभिनेता पल शाह  र अभिनेत्री पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आगामी माघ १९ गते रिलिज हुने भएको छ। प्रदर्शनका लागि तयार भएको फिल्म कोभिड महामारीका कारण रिलिज हुन सकेको थिएन।

चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्दै यसका निर्देशक तथा निर्माता थापाले माघको १९ गतेबाट चलचित्र रिलिज हुने जानकारी दिएका हुन्। दर्शकले चलचित्रको प्रतीक्षा गरिरहेको भन्दै उनले प्रेमकथाको चलचित्रलाई प्रेम दिवसको मौका पारेर रिलिज गर्ने तयारी गरेको बताए।

सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको फिल्ममा सुदर्शन थापाकै कथा, सौरभ लामाको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी छ। सुदर्शनका अनुसार फिल्मलाई उपत्यकाबाहिर एफडी कम्पनी र उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र जीजीए इन्टरटेनमेन्टले वितरण गर्दैछन्। फिल्ममा दिनेश डिसी, हरिहर शर्मा, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकायालगायतको पनि अभिनय छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद