आइफा अवार्ड २०२२ मा विक्की र कृति बने उत्कृष्ट अभिनेता-अभिनेत्री


खबरस्टोरी संवाददाता
२२ जेष्ठ २०७९, आईतवार
आइफा अवार्ड २०२२ मा विक्की र कृति बने उत्कृष्ट अभिनेता-अभिनेत्री
एजेन्सी। शनिबार दुबईको अबुधाबीमा यस वर्षको बलिउड आइफा अवार्ड वितरण गरिएको छ। 

उक्त अवार्ड समारोहमा सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित फिल्म 'शेरशाह'’ निकै हिट भयो । उत्कृष्ट फिल्मको अवार्ड जितेसँगै अन्य ४ अवार्ड पनि हात पारेको छ। यसै फिल्मबाट विष्णु वर्धनले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्।

‘सरदार उधम’बाट विक्की कौशलले उत्कृष्ट अभिनेताको अवार्ड जित्दा ‘मिमी’बाट अभिनेत्री कृति सेननले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्।