दिल्लीकाका लागि डेभिड वार्नरले अर्धशतक पार गर्दै ६६ जोडे भने ऋषव पन्त ३४, शार्दुल ठाकुरले १७, पृथ्वी शले १६ रन बनाउँदा मिचेल मार्शले १४ रन जोडे । अक्सर पटेल र कुलदीप यादवले दश दश रन जोडे । बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट हात पारे ।
यसअघि ब्याटिङ गरेको बैंगलोरका दिनेश कार्थिक र ग्ले म्याक्सवेलले अर्धशतकीय पारी खेले । कार्थिकले अविजित ६६ रन बनाउँदा ग्लेन म्याक्सवेलले ५५ रनको योगदान गरे । यस्तै, शाहबाज अहमेदले ३२ र विराट कोहलीले १२ रन बनाए । कप्तान फाफ डु प्लेसिसले मात्र ८ रन जोडे भने शुयास प्रभुदेशीले ६ रनमै पेभेलियन फर्किए ।
दिल्लीका शार्दुल ठाकुर, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले एकएक विकेट लिए । जितसँगै ६ खेलमा ८ अंक जोडेको बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा ४ अंक जोडेको दिल्ली आठौं स्थानमा छ ।
शनिवारकै अर्को खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बईलाई १८ रनले पराजित गरेको थियो ।
आइपीएलमा आज पनि दुई खेल हुँदैछ । पहिलो खेल पन्जाब किंग्स र सनराइजर्स हैदराबाद तथा आजको दोस्रो खेलमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्नेछन् ।