Media Network

आईपीएलः बैंग्लोर ७ विकेटले विजयी


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७८,आईतवार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी १५ औं सिजनमा गएरातीको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले सात विकेटले विजयी भएको छ । 

सिजनको १८ औं म्याचमा बैंगलोरले मुम्बई इन्डियन्सलाई हराउँदै सिजनको लगातार तेस्रो जित निकालेको हो । बैंगलोरले मुम्बई इन्डियन्सलाई हराउँदै सिजनको लगातार तेस्रो जित निकालेको छ । 

पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्स ६ विकेट गुमाउँदै १ सय ५१ रनको लक्ष्य पेश गरेको थियो । बैंग्लोरले मात्र ३ विकेटको क्षतिमा ९ बल बाँकी छँदै लक्ष्य पार गर्यो । 

बैंग्लोरका अनुज रावतले अर्धशतक पार गर्दै ६६ रन जोडेका थिए । उनलाई रमनदीप सिंहले रन आउट गराएका थिए । अनुजले ४७ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ६६ रन जोड्दा कोहलीले ३६ बलमा ५ चौकाको मद्दतमा ४८ रन जोडेका थिए । 

शनिवार भएको अर्को खेलमा सनराइजर्स हैदरावाद ८ विकेटले विजयी भएको थियो । 

लिग अन्तर्गत आइतबार पनि दुई खेल हुँदैछन् । आइतबार कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स तथा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुनेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद