बुधबार राति सम्पन्न खेलमा चार पटकको विजेता चेन्नई सुपर किंगलाई १३ रनले पराजित गर्दै बैंग्लोरले प्लेअफको सम्भावना बलियो बनाएको हो।बैंग्लोरले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो।
चेन्नईका ओपनर डेभोन कोन्वेले ५६ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३७ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यता, मोईन अली २७ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए। ओपनर ऋतुराज गायकवाडले २३ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए। चेन्नईका अन्य ब्याटरले भने सन्तोषजनक खेल प्रदर्शन गर्न सकेनन्।
बैंग्लोरका हर्षल पटेलले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए। ग्लेन म्याक्सवेलले २ तथा शहबाज अहमद, जोश हेजलवुड र वानिन्दु हसरंगाले १÷१ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो। बैंग्लोरका लागि महिपाल लोमरोरले ४२ रन बनाए। उनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
यता, डु प्लेसिसले २२ बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाए। बिराट कोहलीले ३३ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए।दिनेश कार्तिकले २६ रन जोड्दा रजत पटीदारले २१ रन बनाए।चेन्नईका स्पिनर महेश थिक्सनाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। मोईन अलीले २ लिँदा ड्वेन प्रिटोरियसको नाममा १ विकेट रह्यो। जितसँगै बैंग्लोरले ११ खेलमा १२ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ। चेन्नई १० खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ।