ब्याङलोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ९६ रन जोडे । यस्तै, शाहवाज अहमदले नटआउट २६, ग्लेन म्याक्सवेलले २३, दिनेश कार्थिक नटआउट १३ र सुयास प्रभुदेसाईँले १० रन बनाए । लखनऊका दुश्मन्था चामिरा र जेसन होल्डरले समान दुई विकेट लिए ।
१८२ रनको लक्ष्य पछ्याएको लखनऊ सुपर जायन्ट्स २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १६३ रनमा समेटियो । लखनऊका क्रुनाल पान्ड्याले सर्वाधिक ४२ रन बनाए । लोकेश राहुलले ३० रनको योगदान गरे । ब्याङलोरका जोश हेजलवुडले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए ।
जितपछि बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंक जोडेर दोस्रो स्थानमा छ । लखनऊ ७ खेलमा ४ जित र ३ हारसहित चौथो स्थानमा छ ।
आईपीएलम आज दिल्ली क्यापिटल्स र पञ्जाज किंग्सबीच खेल हुनेछ ।