Media Network

आईपीएलः चेन्नई २३ रनले विजयी, बैंगलोर पराजित


खबरस्टोरी संवाददाता

३० चैत्र २०७८,बुधबार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले २३ रनले विजयी भएको छ । चेन्नईले यो सिजनको पहिलो जित निकालेको हो । मुम्बईमा गएरातीको खेलमा चेन्नईले दिएको २१७ रनको लक्ष्य पछ्याएको राेयल च्यालेन्जर्स बैंगलोर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९३ रनमा समेटियो । बैंगलोरका लागि शाहबाज अहमदले सर्वाधिक ४१ रनको जोडे भने आयूस प्रभुदेशाइ र दिनेश कार्थिकले ३४, ३४ रनको पारी खेले । 

यस्तै, ग्लेन म्याक्सवेलले २६ रनको योगदान गरे । बलिङतर्फ चेन्नईका लागि महेश थेक्सानले सर्वाधिक ४ विकेट लिएका थिए भने कप्तान रवीन्द्र जडेजाले तीन विकेट तथा मुकेश चोधरी र डुयन ब्राभोले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले शिभम् दुबे र रोविन उथपाको अर्धशतकीय पारीमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१६ रन बनायो । ४६ बल खेलेका दुवेले ५ चौका र ८ छक्का प्रहार गर्दै ९५ रन बनाए भने उथपाले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ८८ रन बनाए ।

बलिङतर्फ बैंगलोरका लागि वानिन्दु हर्शरंङ्गाले दुई र जोस हेजलहुडले एक विकेट लिए । चेन्नई पुछारबाट दोस्रो स्थानमा छ । 

आईपीएलको आजको खेलमा मुम्बई इण्डियन्स र पञ्जाव किंग्सबीच खेल हुँदैछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद