चेन्नईका रम्बाती रायुडुले ४० रन जोडे भने रबिन उथप्पाले ३० रन जोड्दा महेन्द्र सिंह धोनीले अविजित २८ रनको योगदान गरे ।
चेन्नईका ड्वाइन प्रिटोरियस २२ रनमा पेभेलियन फर्किएका थिए ।
मुम्बईका डेनियल साम्सले ४ विकेट तथा जयदेव उनादकाटले २ र रिले मेरेदिथले १ विकेट लिएका थिए ।
यसअघि ब्याटिङ गरेको मुम्बईका तिलक बर्माले अर्धशतकीय पारि खेल्दै अविजित ५१ रन जोड्दा सूर्यकुमार यादवले ३२ रन जोडे ।
यस्तै, हृतिक शोकीनले २५, कियरोन पोलार्डले १३ तथा जयदेव उनादकाटले अविजित १९ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चेन्नईका मुकेश चौधरीले ३ विकेट ढालेका थिए ।
चेन्नईले जितसँगै ४ अंक जोडेर नवौं स्थान बनाएको छ भने जितरहित मुम्बई सून्य अंकका साथ पुछारमा छ ।
आईपीएलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुनेछ ।