Media Network

आईपीएलः चेन्नईको रोमाञ्चक जित


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा मुम्बईमाथि चेन्नईले रोमाञ्चक जित हासिल गरेको छ । गएराति चेन्नईले मुम्बईमाथि तीन विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।

मुम्बईले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा चौका प्रहार गर्दै पुरा गर्यो ।

यसअघि सुरुवाती ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो ।

यस सिजन मुम्बईको खराब नतिजा जारी नै छ । मुम्बई सुरुवाती ७ चरणका खेल सकिँदा जीत विहिन छ ।

मुम्बई शुन्य अंक सहित तालिकाको पुछारमा छ । चेन्नई दोस्रो जीत सहित तालिकाको पुछारदेखि दोस्रो स्थानमा छ ।

आईपीएलमा आज लखनउ सुपर जायन्टस् र मुम्बई इण्डियन्सबीच खेल हुनेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद