Media Network

आईपीएलः गुजरात टाइटन्स ३ विकेटले विजयी


खबरस्टोरी संवाददाता

५ बैशाख २०७९,सोमबार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको आइतबार राती भएको खेलमा गुजरात टाइटन्स ३ विकेटले विजयी भएको छ । चेन्नई सुपर किङ्सलाई पराजित गर्दै टाइटन्सले जारी लिगमा पाँचौ जित निकालेको हो । चेन्नईले दिएको १७० रनको लक्ष्य गुजरात टाइटन्सले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टायो ।  

गुजरातका डेभिड मिलरले झण्डकै शतकीय पारी खेलेका थिए । उनले सर्वाधिक ९४ रन बनाए भने राशिद खानले ४० रनको योगदान गरे । यस्तै, गुजरातका अभिनाव मनोहर १२, रिद्धिमान साह ११ र राहुल टेहाटियले ६ रन जोडे । चेन्नईका ड्वाने ब्राभोले सर्वाधिक तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो । चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ७३ रन बनाए भने अम्बाती रायडुले ४६ रनको योगदान गरे । कप्तान रविन्द्र जडेजाले अविजित २२ रन जोड्दा, शिवम दुवे १९ रनमा रनआउट भए । रविन उथप्पा र मोइन अली सस्तैमा समेटिए । 

जितसँगै गुजरात ६ खेलबाट  १० अंक जोडेर शीर्ष स्थानमा छ । पाँचौ हार बेहोरेको चेन्नई २ अंक जोडेर नवौं स्थानमा छ । 

आईपीएलको ३० औं म्याचमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राईडर्स भिड्दैछन् ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद