यसअघिका तीनै खेलमा पराजित टाइटन्स सनराइजर्स हैदरावादसँग गएरातीकाे खेलमा ८ विकेटले पराजित भएको हो ।
पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । गुजतरातका कप्तान हार्दिक पाण्डेले अर्धशतक बनाउँदै नटआउट ५० रन जोड्दा अभिनव मनोहरले ३५ रन बनाए । यस्तै, म्याथ्यू वाडेले १९, डेभिड मिलरले १२, साइ सुदर्शनले ११ र शुब्मान गिलले ७ विकेटको पारी खेलेका थिए ।
१६३ रनको लक्ष्य पछ्याएको हैदराबाद मात्र २ विकेटको क्षतिमा पाँच बल बाँकी छँद लक्ष्य पार गर्यो । हैदराबादका कप्तान काने विलिम्सनले अर्धशतक पार गरे । उनले ४६ बलमा ४ छक्का र २ चौकाको मद्दतमा ५७ रन जोड भने अभिशेख शर्माले ४२ रनको योगदान गरे । निकोलस पुरनले नटआउन ३४ रन जोड्दा राहुल त्रिपाठीले १७ रनको योगदान गरे । अइडेन मारक्रमले नटआउट १२ रन जोडेका थिए ।
गुतजारतका हार्दिक पाण्डे र रसिद खानले एक एक विकेट लिएका थिए ।
आईपीएलको आजको खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स ब्याङ्लोर भिड्दैछन् ।