यता, जोश हेजलवुडले २, ग्लेन म्याक्सवेल र हर्षल पटेलले १–१ विकेट लिए।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनायो।
बैंग्लोरका लागि फाफ डु प्लेसिस सर्वाधिक ७३ रनमा अविजित रहे। उनले ५० बलमा ८ चौका र २ छक्का प्रहार गरे।यता, राजत पाटिदर ३८ बलमा ४ चौका र २ छक्कासहित ४८ रनमा आउट भए । ग्लेन म्याक्सवेले ३३ रन बनाउँदा दिनेश कार्तिक ३० रनमा अविजित रहे। हैदराबादका जगदीश सुचिथले २ र कार्तिक त्यागीले १ विकेट लिए। बैंग्लोर १२ खेलमा ७ जित र ५ हारसहित १४ अंकका साथ चौथो स्थानमा छ। हैदराबाद ११ खेलमा ५ जित र ६ हारसहित छैटौं स्थानमा छ।