चेन्नईले भने लगातार चौथो खेलमा पनि हार ब्यहोेरेको छ । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १४ बल बाँकी छँदै १७ ओभर ४ खेल्दा मात्र २ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो ।
हैदराबादका युवा ब्याटर अभिषेक शर्माले सर्वाधिक ७५ रन बनाए । यस्तै राहुल त्रिपाठीले ३९ रनको योगदान दिए ।
चेन्नईका मुकेश चौधरी र ड्वेन ब्राभोले समान १ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रनको योगफल तयार पा¥यो ।
चेन्नईका मोईन अलीले सर्वाधिक ४८ रन बनाए भने अम्बाती रायडूले २७ रनको योगदान गरे । हैदराबादका वासिन्टन सुन्दर र नटराजनले समान २ विकेट लिए ।