Media Network

आईपीएल क्रिकेटः बेंगलोरको दोस्रो जित


खबरस्टोरी संवाददाता

२३ चैत्र २०७८,बुधबार

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ । 

१७० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९ ओभर एक बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । बेंगलोरको जितमा  विकेटकिपर दीनेश कार्तिकले सर्वाधिक ४४ रन बनाए । कप्तान फाफ डु प्लेसिसले २९ रन बनाए । राजस्थानका युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले समान २ विकेट लिए । 

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १६९ रनको योगफल तयार पारेको थियो । 

राजस्थानका जस बटलरले सर्वाधिक ७० रन बनाए ।  शिम्रन हेटमायरले ४२ रनको योगदान गरे । बेंगलोरका डेविड विल्ली, वानिन्दु हसरंगा र हर्षल पटेलले समान १ विकेट लिए ।

आईपीएलको आजको खेलमा कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स भिड्नेछन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद