Media Network

आईपीएल क्रिकेटः लखनउसँग दिल्ली पराजित


खबरस्टोरी संवाददाता

२५ चैत्र २०७८,शुक्रबार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राती भएको खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । 

लखनउ सुपर जायन्ट्सले लखनउलाई ६ विकेटले पराजित गरेको हो । १५० रनको लक्ष्य पछ्याएको लखनउले २ बल बाँकी छँदै लक्ष्य पार गरेको गर्यो । दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

लखनउको जितमा क्विन्टन डी ककले ८० रनको अर्धशतकीय पारी खेल्दा कप्तान केएल राहुलले २४ रन बनाए। कुर्नाल पान्डयले १९ रन बनाउँदा दीपक होडाले ११ रन जोडे। दिल्लीका कुलदिप यादवले २ विकेट लिए ।

सुरुमा ब्याटिङ गरेको दिल्लीका लागि पृथ्वी शले सर्वाधिक ६१ बनाए । ऋषव पन्तले ३९ रन बनाउँदा सर्फराज खानले अविजित ३६ रन जोडे। लखनउका रवी बिशोईले २ तथा कृष्नपा गोथामले १ विकेट हात पारे ।

जितसँगै लखनउले ४ खेलमा ६ अंक जोडेको छ । लखनउ तालिकाको दोस्रो स्थानमा पुगेको छ भने दिल्ली ३ खेलमा २ अंकसहित सातौं स्थानमा छ।

आईपीएलको आजको खेलमा पञ्जाव किंग्स र गुजरात टाइटन भिड्दैछन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद