Media Network

आईपीएल क्रिकेट मुम्बई ५२ रनले पराजित


खबरस्टोरी संवाददाता

२७ बैशाख २०७९,मंगलवार

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सको खराब प्रदर्शन जारी छ ।

सोमवार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

वेंकटेश अय्यर र अजिंक्य रहाणेले पहिलो विकेटका लागि ५.४ ओभरमा ६० रन जोडेर धमाकेदार ब्याटिङ गरेका थिए । भेङ्कटेश अय्यरले २४ बलमा तीन चौका र चार छक्काको मद्दतले ४३ रन बनाए ।अजिंक्य रहाणेले तीन चौकाको मद्दतले २५ रन बनाए । नितिश राणाले २६ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ४३ रन बनाए । अन्तिम ओभरमा रिंकु सिंहले १९ बलमा नटआउट २३ रन बनाए ।

मुम्बई इन्डियन्सको इनिङ्समा जसप्रित बुमराहले चार ओभरमा १० रन दिएर पाँच विकेट लिएका थिए । जवाफमा मुम्बइ इन्डियन्सका ब्याट्सम्यान असफल भए । इशान किशनले ४३ बलमा सर्वाधिक ५१ रन बनाए ।

तर, रोहित शर्मा र तिलक वर्माले दोहोरो अंक छुन सकेनन् । कोलकाताका लागि प्याट कमिन्सले ३ विकेट लिए भने आन्द्रे रसेलले २ विकेट लिए । मुम्बई इन्डियन्सका ब्याट्सम्यानहरु पूरा २० ओभरसम्म विकेटमा टिक्न सकेनन् ।यो जितसँगै कोलकाताको १२ खेलमा १० अंक छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद