Media Network

आईपीएल क्रिकेटः पञ्जाव किंग्स ५ विकेटले विजयी


खबरस्टोरी संवाददाता

१४ चैत्र २०७८,सोमबार

काठमाडौं । भारतको मुम्बईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार राती भएको तेस्रो खेलमा पञ्जाब किंग्स विजयी भएको छ ।

पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको हो । २०६ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्याएको थियो । 

पञ्जाव को जितमा विकेटकिपर भानुका राजपक्षेले आक्रमक ब्याटिङ गर्दै ४३ रनको इनिङ खेले । ओडेन स्मिथ २५, शाहरुख खान २४ रनको योगदान गरे ।

बेंगलोरका मोहम्मद शिराजले २ विकेट लिए । अक्षदीप, वानिन्दु हसरंगा र हर्षल पटेलले १–१ विकेट लिए ।

यसअघि  मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०५ रन बनायो ।

बेंगलरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ८८ रन बनाए । दीनेश कार्तिक ३२ रनमा अविजित रहे । यस्तै, विराट कोहलीले ४१ रन बनाए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद