Media Network

आईपीएल क्रिकेटः दिल्ली क्यापिटल्स् ४ विकेटले विजयी


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७८,आईतवार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्स् ४ विकेटले विजयी भएको छ । 

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रनको योगफल तयार गरेको थियो । 

दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको दिल्लीले १० बल बाँकी छँदै १८ ओभर २ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । 

दिल्लीको जितमा ललित यादव र अक्षर पटेलले ७५ रनको महत्वपूर्ण साझेदारी गरे । दिल्लीका लागि ३८ बल सामना गरेका ललितले ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ४८ रन जोडेका थिए ।

अक्षर पटेलले १७ बलमा २ चौका र ३ छक्कासहित अविजित ३८ रनको आक्रामक इनिङ खेले । त्यसअघि पृथ्वी सह ३८, टिम सेफर्ट २१ र शार्दूल ठाकुर २२ रन बनाएर पेभेलियन फर्केका थिए ।

मुम्बईका लागि बसिल ताम्पीले ३, मुरुगान आस्विनले २ र टाइमाल मिल्सले १ विकेट लिए ।

पहिलो इनिङमा ब्याटिङ गरेको मुम्बईका लागि ईशान किशनले ४८ बलमा ११ चौका र २ छक्कासहित ८१ रनको अविजित इनिङ खेलेका थिए । 

त्यसअघि कप्तान रोहित शर्माले ४१ रन बनाएर बाहिरिएका थिए । दिल्लीका लागि खलिल अहमदले २ तथा कुलदिप यादवले ३ विकेट लिएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद