Media Network

आईपीएल: लखनउ जाइन्ट्सलाई हराउँदै गुजरात टाइटन्स प्लेअफमा


खबरस्टोरी संवाददाता

२८ बैशाख २०७९,बुधबार

काठमाडौं। लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै  गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।

मंगलबार राति  गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो । लखनउका दिपक होडाले सर्वाधिक २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।  गुजरातका राशिद खानले ४ विकेट लिए ।

यसअघि पुनेमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन जोडेको थियो ।  गुजरातका शुबमन गीलले सर्वाधिक ६३ रन बनाए । यस्तै डेभिड मिल्लरले २६ रनको योगदान गरे ।

जितसँगै गुजरात १२ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा छ  । लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा  छ ।  







Share:
Reaction :
ताजा समाचार
खेलकुद