Media Network

आईपीएलः लखनउ प्लेअफमा प्रवेश


खबरस्टोरी संवाददाता

५ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।

बुधबार रातीको खेलमा कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ प्लेअफमा प्रवेश गरेको हो । 

यसअघि  नव प्रवेशी टोली गुजरात टाइटन्स प्लेअफमा प्रवेश गरिसकेको छ । 

मुम्बईमा लखनउले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २०८ रनमा समेटियो । 

उसका लागि कप्तान श्रेयस आयरले सर्वाधिक ५० रन बनाए । नितिश रानाले ४२ तथा रिन्कु सिंहले ४० रनको योगदान गरे । लखनउका मार्कुस स्टोनिस र मोसिन खानले ३–३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा विना विकेटको क्षतिमा २१० रनको विशाल योगफल खडा गरेको थियो ।

लखनउका ओपनर क्विन्टन डी ककले अविजित १४० रन बनाए । अर्का ओपनर तथा कप्तान केएल राहुलले अविजित ६८ रन बनाए । 

जितसँगै लखनउले १४ खेलबाट १८ अंक जोडेको छ । कोलकाता १२ अंक जोडेर छैटौं स्थानमा छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद