Media Network

आईपीएल ः मुम्बई फेरि पराजित


खबरस्टोरी संवाददाता

४ बैशाख २०७९,आईतवार

काठमाडौं। मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार छैटौँ पटक पराजित भएको छ ।

शुक्रबार मुम्बईस्थित ब्रेबोर्न रंगशालामा भएको खेलमा नव प्रवेशी लखनउसँग पराजित हुँदा पाँचौँ पटकको आईपीएल च्याम्पियन मुम्बई इतिहासकै खराब स्थितिमा रहेको छ ।२०२ रनको विशाल विजयी लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८१ रन  बनाउन सक्यो ।मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ३७ रन बनाए । लखनउका आवेश खानले ३ विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो ।

राहुलले ६० बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १ सय ३ रन जोडेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद