Media Network

आईपीएलः मुम्बईको पहिलो जित


खबरस्टोरी संवाददाता

१८ बैशाख २०७९,आईतवार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको शनिवार रातीको खेलमा मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ । राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बई इण्डियन्सले जारी आईपीएमा पहिलो जित निकालेको हो ।

मुम्बईमा शनिबार राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । मुम्बईको पहिलो जितमा सूर्यकुमार यादवले  सर्वाधिक ५१ रन बनाए । यस्तै तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रनको योगदान गरे ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ६७ रन बनाए । यस्तै रविचन्द्र आश्विनले २१ रनको योगदान गरे । मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले समान दुई विकेट लिए ।

जितसँगै मुम्बईले आठ खेलपछी पहिलो २ अंक जोडेको छ । राजस्थानले ९ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद