Media Network

आईपीएलः मुम्बईमाथि कोलकाताको सानदार जित


खबरस्टोरी संवाददाता

२४ चैत्र २०७८,बिहीबार

काठमाडौं । आइपीएल क्रिकेटको गएरातीको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्समाथि सानदार जित निकालेको छ । 

बुधबार राति पुनेमा भएको खेलमा कोलकाताले मुम्बईलाई ५ विकेटले पराजित गरेको हो । जितसँगै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । कोलकत्ताको जितमा पाट कुमिन्स बिस्पोटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहदै ५६ रन बनाए । भेन्काटेस आयरले ५० रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २–२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए ।  कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक २ विकेट लिए । 

जितसँगै  कोलकत्ताले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो हारसँगै मुम्बईले अंक जोड्न सकेको छैन ।

आइपीएलका आजको खेलमा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद