Media Network

आईपीएलः नवप्रवेशी गुजरात प्लेअफ नजिक


खबरस्टोरी संवाददाता

१५ बैशाख २०७९,बिहीबार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) टी २० क्रिकेटको बुधबार रातीको खेलमा नवप्रवेशी टिम गुजरात टाइटन्सले साताैं जित निकालेको छ । सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले आइपीएल २०२२ को प्लेअफ नजिक पुगेको छ ।

जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा ग¥यो । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए । राहुल टेवाटियाले ४० रनको योगदान गरे । हैदराबादका उमरान मलिकले एक्लै ५ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो ।

हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ६५ रन बनाए । यस्तै एडेन माक्ररमले ५६ रनको योगदान गरे । गुजरातका मोहम्मद शामीले ३ विकेट लिए ।

जितपछि गुजरात ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ ।

आईपीएलको ४१ औं म्याच अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच खेल हुने छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद