मुम्बईका लागि डेवाल्ड ब्रेविसले सर्वाधिक ४९ रन जोडे भने सूर्यकुमार यादवले ४३ रन तथा तिलक वर्माले ३६ रनको योगदान गरे । बलिङतर्फ पन्जाबका लागि ओडिन स्मिथले सर्वाधिक चार विकेट तथा कगिसो रवाडाले दुई र भिवाव अरोराले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले शिखर धवन र मयङ्क अग्रवालको अर्ध शतकको सहयोगमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९८ रन बनायो ।
पन्जाबका लागि शिखर धवनले ५० बल खेल्दा ५ चौका र ३ छक्काको मद्दतमा ७० रन बनाए ।
त्यस्तै, ३२ बल खेलेका कप्तान अग्रवालले २ छक्का र ६ चौकाको मद्दतमा ५२ रन जोडे । बलिङतर्फ मुम्बईका लागि बसिल थाम्पीले दुई विकेट लिए । त्यस्तै जयदेव उन्डाकट, जस्प्रीत भुम्राह र मुर्गान आश्विनले एक–एक विकेट लिए ।
जितसँगै पन्जाबले ५ खेलबाट ६ अंक जोडेको छ । पन्जाब तालिकाको तेस्रो स्थानमा छ । पराजित मुम्बई ५ खेलबाट अंक जोड्न नसकेर तालिकाको पुछारमा छ ।
आईपीएलको आजको खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्दैछन् ।