Media Network

आईपीएलः पञ्जाव किंग्सको रोमाञ्चक जित


खबरस्टोरी संवाददाता

१३ बैशाख २०७९,मंगलवार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको गएरातीको खेलमा पञ्जाव किंग्सले ११ रनको रोमाञ्चक जित हात पारेको छ । आईपीएलको जारी लिगमा पन्जाब किङ्सले चौथो जित निकालेको हो । 

मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन  बनाउन सक्यो ।

चेन्नईका अम्बाती रायडुले सर्वाधिक  ७८ रन बनाए । रुतुराज गायकवाडले ३० रनको योगदान गरे । पन्जाबका कागिसो रबडा र ऋषि धवनले २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेको थियो ।

पन्जाबका शिखर धवनले अविजित ८८ रन बनाए भने भानुका राजपाक्षेले ४२ रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए ।

प्रतियोगितामा पन्जाबले ८ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा छ । छैटौं हार बेहोरेको चेन्नई ८ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ ।

आईपीएलमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच खेल हुनेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद