Media Network

आईपीएलः पञ्जावलाई पराजित गर्दै लखनउ तेस्रो स्थानमा उक्लियो


खबरस्टोरी संवाददाता

१७ बैशाख २०७९,शनिबार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी २० क्रिकेटमा पञ्जाव किंग्सलाई पराजित गर्दै नवप्रवेशी टिम लखनऊ सुपर जायन्ट्स तेस्रो स्थानमा उक्लिएको छ । शुक्रबार रातीको खेलमा लखनउ सुपर जायन्ट २० रनले विजयी भएको हो ।  महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । 

लखनउका लागि क्विन्टन डी ककले सर्वाधिक ४६ रन बनाए भने दीपक हुडाले ३४ रनमा रन जोडे । दुश्मन्था चामिराले १७ रन बनाउँदा मोहसिन खानले नटआउट १३ रन तथा जासन होल्डरले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।  

कप्तान लोकेश राहुल ६ रनमा आउट भए भने क्रुनाल पाण्ड्याले ७ रन बनाउँदा आयुष बदोनीको ४, मार्कस स्टोइनिस एक रनमा आउट भए ।

पन्जाबका कागिसो रबाडाले सर्वाधिक ४ विकेट लिए भने राहुल चहरले २ तथा सन्दीप शर्माले १ विकेट लिए ।

जितको लागि १ सय ५४ रनको सामान्य लक्ष्य पछ्याएको पन्जाब किंग्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ३३ रनमा समेटियो । 

पन्जाबका जोनी बेयरस्टोले सर्वाधिक ३२ रन बनाउँदा कप्तान मयंक अग्रवाल २५, ऋषि धवन २१ तथा लियाम लिभिङस्टोनले १८ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । 

ओपनर शिखर धवन ५, भानुका राजपक्षे ९, जितेश शर्मा २, राहुल चाहर ४ र कागिसो रबाडा २ रनमा आउट भए । पञ्जाबलाई सस्तैमा रोक्न लखनऊका मोहसिन खानले सर्वाधिक ३ विकेट लिए । 

यस्तै, दुश्मन्था चामिरा र क्रुनाल पान्ड्याले समान २–२ विकेट हात पारे । केही महङ्गो भए पनि रवी विश्नोईले १ विकेट लिए ।

जितसँगै लखनऊ ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित पञ्जाब समान खेलबाट ४ जित र ५ हारसहित ८ अंक जोडेर सातौ स्थानमा छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद