सन्जु सामसन ३८, शिम्रन हिटमायर २६ रन रनमा समेटिँदा देबदुत पडिकलले २४ रन बनाए । कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए ।
जितका लागि २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रनमा समेटियो । कोलकत्ताका कप्तान श्रेयस आयरले ८५ रनको अर्धशतकीय इनिङ खेले । आरोन फिन्चले ५८, उमेश यादवले २१ रन बनाउँदा नितिश रानाले १८ रन जोडे ।
राजस्थानका युजभेन्द्र चाहलले ह्याट्रिकसहित ५ विकेट लिए । उनले १६ ओभरको चौंथो, पाँचौं र छैटौं बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए ।
ओबेड म्याककोयले २ तथा प्रसिद्ध कृष्ण र रविचन्द्र आश्विनले एकएक विकेट लिए ।
यो जितसँगै राजस्थान अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । उसले आठ खेलमा समान आठ अंक जोडेको हो । छैटौं स्थानको कोलकत्ताले ७ खेलमा ६ अंक बनाएको छ । आईपीएलमा आज लखनउ सुपर जायन्टस् र रोयल च्यालेन्जर्स ब्याङलोरबीच खेल हुनेछ ।