Media Network

आईपीएलः राजस्थान तेस्रो जित निकाल्दै शीर्ष स्थानमा


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ । आइतबार राति भारतको मुम्बइमा भएको खेलमा राजस्थान मात्र ३ रनले विजयी भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले ६ विकेटको क्षतिमा १ सय ६५ रन जोडेको थियो । 

१६६ रनको लक्ष्य पछ्याएको लखनउ सुपर जाइन्ट्स निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ६२ रनमा समेटियो । 

लखनउका जायन्टस्का क्विन्टन डी ककले ३९, मार्कुस स्टोनिसले नटआउट ३८ रन, दिपक होडाले २५, क्रुनाल पाण्डयले २२, दुश्मन्था चामिराले १३  रन बनाए भने अन्य ब्याट्समेनले दोहोरो अंक जोड्न सकेनन् । राजस्थानका युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिएका थिए ।

पहिले ब्याटिङ थालेको राजस्थानका लागि शिम्रन हेटमायरले नटआउट ५९ रनको अर्धशतकीय पारी खेले । देवदूत पडिकलले २९, रविचन्द्र आश्विनले २८ रनको योगदान गरे भने कप्तान सन्जु सामसन र जोस बटलरले समान १३, १३ रन जोडे । लखनउका जासन होल्डर र कृष्नपा गोथामले २/२ विकेट लिए ।

यो जितसँगै ४ खेलमा ६ अंक जोडेको राजस्थान शीर्ष स्थानमा उक्लिएको छ भने लखनउ समान अंकका साथ पाँचौ स्थानमा रहेको छ । 

आईपीएलको आजको खेलमा सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स भिड्नेछन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद