हैदरावादको जितमा राहुल त्रिपाठीले अर्धशतकीय पारि खेल्दै ७१ रनको जोडे भने एडिन माक्रमले नटआउट ६८ रनको योगदान गरे । कोलकत्ताका आन्द्रे रसेलले २ तथा प्याट कमिन्सले १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन जोडेको थियो । कोलकत्ताका लागि नितिश रानाले अर्धशतक पार गर्दै ५४ रन जोड्दा आन्द्रे रसेलले नटआउट ४९ रन जोडे । हैदरावादका टी नटराजनले ३ तथा उर्मान मलिकले २ विकेट लिए ।
सातौं स्थानको हैदरावादले ५ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा उक्लने मौका गुमाएको कोलकत्ता कोलकत्ता ६ खेलमा ६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
आईपीएलमा आज दुई खेल हुँदैछ । पहिलो खेल मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्टस् तथा दोस्रो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स ब्याङलोर भिड्दैछन् ।