Media Network

आईपीएलः सनराइजर्स हैदरावाद ७ विकेटले विजयी


खबरस्टोरी संवाददाता

५ बैशाख २०७९,सोमबार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावाद ७ विकेटले विजयी भएको छ । आइतबार डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा भएको आइपीएलको जारी २८ औं म्याचमा पञ्जाव किंग्सले दिएको १ सय ५२ रनको लक्ष्य हैदराबादले मात्र ३ विकेटको क्षतिमा ७ बल बाँकी छँदै पूरा गर्यो । 

हैदराबादका लागि एडेन मारक्रमले नटआउट सर्वाधिक ४१ रनको योगदान गरे भने निकोलस पुरनले नटआउट ३५ रन जोडे । 

यस्तै, राहुल त्रिपाठीले ३४ रन जोडे भने ओपनर अभिषेक शर्माले ३१ रनको योगदान गरे । कप्तान काने विलिम्सनले ९ बलमा मात्र ३ रन बनाएर आउट भए । पन्जाबका राहुल चाहरले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाब २० ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो । पन्जाबका लियाम लिभिङस्टोनले अर्धशतक पार गर्दै सर्वाधिक ६० रन जोडेका थिए । 

यसैगरी, पञ्जावका एम साहरुख खानले २६ रन, प्रभसिमरनसिंह १४ तथा ओडियन स्मिथले १३ रन जोड्दा जोनी बैरष्टोले १२ र जितेश शर्माले ११ रन जोडे । 

चौंथो जित हात पारेको हैदराबाद चौथो स्थानमा उक्लिएको छ । हैदराबादले अब शनिबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ । पराजित पन्जाबले बुधबार दिल्लीसँग खेल्ने छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद