Media Network

आईपीएलः दिल्ली क्यापिटल्सको दोस्रो जित


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

काठमाडौं । इण्डियन्स प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबारका पहिलो खेलमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । दिल्लीले कोलकता नाइटराइडर्समाथि ४४ रनको जित निकालेको हो । टस हारेर पहिले ब्यटिङ गरेको दिल्लीले दिएको २ सय १५ रन जोडेको थियो । २१६ रनको लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा अलआउट हुँदै १७१ रनमा समेटियो । 

कोलकताका लागि कप्तान श्रेयस लेयरले ५४ रन जोडे । नितिन राना ३० रन र आन्द्रे रसेल २४ रनमा आउट भए । साम बिलिङ्ग्ग्सले १५ रनभन्दा बढी जोड्न सकेनन् । बलिङमा दिल्लीका कुलदिप यादवले ४ विकेट लिए । खलील अहमेदले ३ विकेट  र शार्दूल ठाकुर २ विकेट हात पारे ।

दिल्लीका लागि पृथ्बी शाले ५१ रन र डेभिड वार्नरले ६१ रन जोडे भने कप्तान रिशव पन्तले १४ बलमा २७ रन, अक्षर पटेलले १४ बलमा नटआउट २२ रन र शार्दूल ठाकुरले ११ बलमा नटआउट २९ रनको पारी खेले । 

दिल्ली क्यापिटल्सका कुलदिप यादव प्लेयर अफ दी म्याच घोषित भए । उनले ब्याटिङ भने गरेका थिएनन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद