दिल्लीका डेभिड वार्नरले नट आउट ६० रन जोड्दा पृथ्वी शाव ४१ रनमा पेभेलियन फर्किए । दिल्लीका सरफराज खानले नटआउट १२ रनको योगदान गरे । पञ्जावका राहुल चाहारले १ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको पञ्जावले २० ओभरमा मात्र ११५ रन जोडेको थियो । पञ्जावका जितेश शर्माले ३२ रन जाडे भने कप्तान मायन्क अग्रवालले २४ रनको योगदान गरे । एम शाहरुक खान र राहुल चाहारले १२, १२ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
दिल्लीका खालिल अहमद, ललित यादव, अक्सर पटेल र कुलदीप यादवले दुई दुई विकेट लिए ।
दिल्ली ३ खेलमा जित निकाल्दै ६ अंकका साथ छैठौं स्थानमा पुगेको छ भने आठौं स्थानम छ ।
आईपीएलमा आज मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सबीच खेल हुनेछ ।