काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ । प्रारम्भिक ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । दिल्लीका लागि डेभिड वार्नर ४२, रोभम्यान पावेल ३३, अक्षर पटेलले २४ रन बनाउँदा ललित यादवले २२ तथा मिचेल मार्शले १३ रन जोडे । कोलकत्ताका उमेश यादवले तीन विकेट लिए ।
कोलकत्ताका लागि नितिश राना ५७, कप्तान श्रेयस एयरले ४२ रन जोड्दा रिन्कु सिंहले २३ रन मात्र बनाए । दिल्लीका कुलदीप यादवले ४ विकेट तथा मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।
जितसँगै दिल्लीले ८ खेलमा ८ अंक जोडेर छैठौं स्थानमा रहेको छ । ९ खेलमा ६ अंक जोडेको कोलकाता तालिकाको आठौं स्थानमा छ।
जारी आईपीएलको ४२ औं म्याचमा आज पञ्जाव किंग्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुदैछ ।